काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस सडकबाट करिब दुई सय मिटर तल खस्दा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ। Nmkhabarलाई प्राप्त जानकारी अनुसार बनेपाबाट रोशी गाउँपालिका जाँदै गरेको बा २ ख ८३९८ नम्बरको बस शुक्रबार दिउँसो करिब २:१५ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या आठ पुगेको हो। ज्यान गुमाउनेमा चार महिला र चार पुरुष छन्। उनीहरूको परिचय अझै खुलेको छैन।
दुर्घटनामा घाइते भएका १५ जनालाई उद्धार गरी धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको छ। Nmkhabarलाई प्राप्त जानकारी अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।
