खोटाङको वालिङमा प्रहरीले १३ सय १५ किलो गाँजासहित प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। मध्यपहाडी लोक मार्गको जङ्गलमा शङ्कास्पद अवस्थामा रोकिराखेको ट्रकबाट गाँजा बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक नीराजन बस्नेतको टोलीले बिहीबार मध्यराति ट्रक जाँच गरेको थियो। चालक बस्ने भाग र डालाको बीचमा फल्स बटम बनाएर गाँजा लुकाइएको थियो।
प्रहरीले गाँजा र ट्रक नियन्त्रणमा लिएको छ। ट्रकका चालक र धनीको खोजी जारी छ। घटनाबारे थप अनुसन्धान भइरहेको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
