मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

खोटाङ प्रहरीद्वारा बरामद १,३१५ किलो गाँजा नष्ट

खोटाङ प्रहरीले एक महिनाअघि बरामद गरेको १,३१५ किलो गाँजा नष्ट गरेको छ। करिब २ करोड मूल्य बराबरको लागूऔषध नष्ट गरिएको हो। ट्रकका धनी पक्राउ परे पनि चालक फरार छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
खोटाङ गाँजा बरामद
Share:

खोटाङ प्रहरीले एक महिनाअघि बरामद गरेको १,३१५ किलोग्राम लागूऔषध गाँजा नष्ट गरेको छ। गत साउन २१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गमा ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार, प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा फल्स बटम बनाएर गाँजा लुकाइएको फेला परेको थियो।

प्रहरीले ट्रकका धनीलाई पक्राउ गरे पनि गाँजासहित फरार रहेका चालकको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

करिब दुई करोड मूल्य बराबरको गाँजा कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत खोटाङ परिसरमा लगेर नष्ट गरिएको हो।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार