खोटाङ प्रहरीले एक महिनाअघि बरामद गरेको १,३१५ किलोग्राम लागूऔषध गाँजा नष्ट गरेको छ। गत साउन २१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गमा ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार, प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा फल्स बटम बनाएर गाँजा लुकाइएको फेला परेको थियो।
प्रहरीले ट्रकका धनीलाई पक्राउ गरे पनि गाँजासहित फरार रहेका चालकको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।
करिब दुई करोड मूल्य बराबरको गाँजा कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत खोटाङ परिसरमा लगेर नष्ट गरिएको हो।
