मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कोशी प्रदेशसभामा हंगामा: सभामुखमाथि आक्रमणको प्रयास

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव पेस गर्न समय नदिएको भन्दै विपक्षी दलले बैठक अवरुद्ध पारेका छन्। नेकपाका सांसदहरूले सभामुखले बहुमतको आधारमा कार्यक्रम पारित गर्न खोजेको आरोप लगाए। विपक्षी सांसद राजेन्द्र राईले सभामुखमाथि आक्रमणको प्रयास गरेपछि मर्यादापालकले रोकेका थिए।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
कोशी प्रदेशसभा बैठक
Share:
१७८

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेस गर्न समय नदिएको भन्दै विपक्षी दलहरूले लगातार दोस्रो दिन बुधबार पनि बैठक अवरुद्ध पारेका छन्। बैठक सुरु हुनेबित्तिकै नेकपाका सांसदहरूले उठेर विरोध जनाएका थिए।

विपक्षीको विरोधपछि सभामुख अम्बरबहादुर विष्टले नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोलाई बोल्न समय दिएका थिए। आङ्वोले नीति तथा कार्यक्रममा असन्तुष्टि हुँदाहुँदै सभामुखले संशोधनको समय नदिई बहुमतले पारित भएको घोषणा गर्न खोजेको आरोप लगाए।

सभामुख र विपक्षी सांसदबीच विवाद चर्किएपछि सभामुखले विरोधका बीच बैठक अगाडि बढाउन खोजेका थिए। यसक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका विपक्षी सांसद राजेन्द्र राई आक्रोशित भई सभामुखतर्फ झम्टँदै रोष्टममा उक्लन खोजेको तर मर्यादापालकहरूले उनलाई रोकेको बताइएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार