श्रम निरीक्षण र बाध्यकारी श्रमसम्बन्धी दुई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि प्रतिनिधिसभामा दर्ता भएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयले यी महासन्धिहरू दर्ता गराएको हो।
आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले दुवै महासन्धि पेस गर्ने कार्यसूची छ।
