NM Khabar 21 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जग्गा कारोबारमा रेकर्ड वृद्धि: कर बढेपछि एकैदिन पौने २ अर्ब राजस्व

साउन १ गतेदेखि पुँजीगत लाभकरमा भएको वृद्धिसँगै असार ३२ गते जग्गा कारोबारले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सो दिन पौने २ अर्ब राजस्व संकलन भएको छ।
Sunita Rai
Sunita Rai
21 July 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
जग्गा कारोबार राजस्व
Share:

साउन १ गतेदेखि पुँजीगत लाभकरमा भएको वृद्धिसँगै असार ३२ गते जग्गा कारोबारले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सो दिन १ अर्ब ७३ करोड ७७ लाखभन्दा बढी राजस्व संकलन भएको छ।

भूमि व्यवस्थापन विभागका अनुसार असार ३२ गते देशभरका १ सय ३६ मालपोत कार्यालय र ६ नगरपालिकाबाट १० हजार ९ सय ६८ वटा जग्गाको कारोबार भएको थियो। यस दिन १ अर्ब ७३ करोड ७७ लाख २५ हजार ७ सय ८८ रुपैयाँ राजस्व संकलन भयो।

विभागका आइटी प्रमुख बलराम काफ्लेले अहिलेसम्म एकै दिन यति धेरै जग्गाको कारोबार भएको रेकर्ड नभएको बताए। असार ३१ गते १० हजार १ सय २ वटा जग्गाको कारोबारबाट १ अर्ब १८ करोड ९९ लाख ६५ हजार ७ सय ६४ रुपैयाँ राजस्व उठेको थियो।

सरकारले साउन १ गतेदेखि पुँजीगत लाभकर बढाएको छ। अब साढे सात प्रतिशत र १० प्रतिशत कर लागू भएको छ, जुन पहिले पाँच प्रतिशत र साढे सात प्रतिशत थियो।

नयाँ कर प्रणाली लागू हुनुअघि जग्गा बिक्री गर्नेहरूले लाभकर तिर्नुपर्ने भएकाले कारोबार ह्वात्तै बढेको हो। नयाँ व्यवस्थाअनुसार पाँच वर्षभन्दा पुरानो जग्गाको लाभकर साढे सात प्रतिशत र पाँच वर्ष नपुगेको जग्गाको लाभकर १० प्रतिशत लाग्नेछ।

हाल मेलम्ची, शिवसताक्षी, चौदण्डीगढी, भूम्लु, कन्काई र मनोहरा–कागेश्वरी नगरपालिकाबाट पनि जग्गा कारोबारको व्यवस्था मिलाइएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार