मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

लिभिङ टुगेदर सम्बन्ध: महिलाको शोषण र प्रजनन् अधिकारमाथि प्रहार

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र सञ्चारिका समूह नेपालले आयोजना गरेको कार्यक्रममा अधिवक्ता सबिन श्रेष्ठले नेपालमा 'लिभिङ टुगेदर' सम्बन्धमा महिलाको अत्यधिक शोषण भइरहेको बताएका छन्। पुरुषहरु विवाहका लागि गम्भीर नहुँदा असुरक्षित गर्भपतनको जोखिम बढेको र यसले महिलाको प्रजनन् अधिकारमाथि प्रहार भएको उनको भनाइ छ।
Maya Thapa
फिचर लेखिका
१ मिनेट पढाइ
आकार:
Share:
२०९

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र सञ्चारिका समूह नेपालले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा महिला, कानुन र विकास मञ्चका अध्यक्ष तथा अधिवक्ता सबिन श्रेष्ठले नेपालमा ‘लिभिङ टुगेदर’ सम्बन्धमा महिलाको अत्यधिक शोषण भइरहेको बताएका छन्।

श्रेष्ठका अनुसार, महिलाहरुले लिभिङ सम्बन्धलाई विवाह नै मान्ने गरेका छन्, तर पुरुषहरुको हकमा भने यो गम्भीर नभएको पाइएको छ। सँगै बस्दाबस्दै गर्भ रहन गएमा लिभिङमा बस्ने अधिकांश पुरुषले विवाह गर्ने नभएर असुरक्षित गर्भपतनलाई जोड दिएको पाइन्छ। यसले महिलाको प्रजनन् अधिकार, स्वास्थ्य र आत्मसम्मानमा प्रहार भएको छ।

अधिवक्ता श्रेष्ठले नेपालमा ‘लिभिङ टुगेदर’ को सम्बन्धमा महिलाहरु अत्यधिक शोषणमा परेका कारण कानूनी जटिलतालाई सम्बोधन गर्नुपर्ने माग गरे। उनले महिलाहरुको प्रजनन् अधिकारमाथि राज्यलेनै नै अनदेखा गरेको आरोप लगाए, जसको एक उदाहरणका रुपमा नेपालमा गोप्य रुपमा सरोगेट हुने गरेको उल्लेख गरे।

Maya Thapa

Maya Thapa

फिचर लेखिका

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार