मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

मधेस प्रदेशमा ८२१ उद्योग बन्द: आर्थिक मन्दीको चपेटामा व्यवसाय

गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशमा ८२१ उद्योग र १११७ वाणिज्य व्यवसाय बन्द भएका छन्। आर्थिक मन्दी, ऋण लगानीको अभाव र पुँजीको कमी मुख्य कारणका रूपमा औंल्याइएको छ। सोही अवधिमा पाँच हजार ६८ नयाँ उद्योग दर्ता भएका छन् भने रु ५ करोड २६ लाख राजस्व सङ्कलन भएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
मधेस प्रदेश उद्योग बन्द
Share:
१३७

गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशमा ८२१ उद्योग र एक हजार ११७ वाणिज्य व्यवसाय बन्द भएका छन्। विश्वव्यापी आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानीको अभाव र पुँजीको कमीले उद्योग व्यवसाय बन्द हुने क्रम बढेको छ।

मधेस प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आवमा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका एक हजार ११७ गरी कूल एक हजार ९३८ उद्योग व्यवसायको लगत कट्टा भएको छ। यस अवधिमा मन्त्रालयमा कूल पाँच हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन्।

पर्सामा एक हजार १०१, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोले जानकारी दिए। गत आवमा सात हजार ५४० वटा उद्योगको नवीकरण पनि भएको छ।

विज्ञापन

वाणिज्यतर्फ प्राइभेट फर्म छ हजार १२२ र साझेदारी फर्म १८ नयाँ दर्ता भएका छन्। ११ हजार १४४ फर्मको नवीकरण भएको छ। नयाँ उद्योग तथा वाणिज्य दर्ता र नवीकरणबाट रु पाँच करोड २६ लाख ४९ हजार ५६२ राजस्व सङ्कलन भएको महतोले बताए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार