NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

महोत्तरीमा लुटपाट प्रयास: गोली लाग्दा श्रीमान्–श्रीमती घाइते

महोत्तरीको सोनमा गाउँपालिकामा चोरी गर्न पसेको समूहले गोली चलाउँदा एक दम्पती घाइते भएका छन्। रामईश्वर यादव र उनकी श्रीमती किरण यादवमाथि गोली प्रहार भएको हो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
Kamala Devi
Kamala Devi
3 June 2026, 7:17 am १ मिनेट पढाइ
आकार:
महोत्तरीमा लुटपाट
Share:

महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा मंगलबार राति चोरी गर्न पसेको समूहमाथि प्रतिवाद गर्दा गोली चल्दा २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादव घाइते भएका छन्। ५/६ जनाको समूहले घरभित्र पसेर चोरी गर्ने प्रयास गरेको थियो।

प्रतिवाद गर्ने क्रममा समूहले गोली चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुवै घाइतेको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे बिहान जानकारी पाएको र थप अनुसन्धान गरिरहेको बताएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार