मेचीनगर नगरपालिका-७ को सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
आज अपराह्न भएको दुर्घटनामा मेचीनगर-७ का २१ वर्षीय अजय राजवंशी र भारतको गलगलियाका ३२ वर्षीय अजय माझीको ज्यान गएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले दिएको जानकारी अनुसार, दुवै मोटरसाइकलमा सवार थिए।
दुर्घटनामा गम्भीर घाइते भएका राजवंशी र माझीलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल पुर्याइएको थियो। चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक राईले बताए।
