मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

मेचीनगरमा लैङ्गिक हिंसापीडितका लागि दुई सुरक्षित कक्ष सञ्चालन

• मेचीनगर नगरपालिकाले वडा नम्बर ८ र १५ मा दुई ‘सुरक्षित कक्ष’ स्थापना गरेको छ। • यी कक्षहरूले लैङ्गिक हिंसापीडित बालबालिका, किशोरी र महिलालाई आश्रय र मनोपरामर्श सेवा प्रदान गर्नेछन्। • विश्व बैंकको अनुदानमा सञ्चालित परियोजनाले झापामा महिला हिंसा नियन्त्रणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
मेचीनगर सुरक्षित कक्ष
Share:
२२९

मेचीनगर नगरपालिकाले वडा नम्बर ८ र १५ मा दुई ‘सुरक्षित कक्ष (सेफ स्पेस)’ स्थापना गरेको छ। विश्व बैंकको अनुदानमा सञ्चालित यो परियोजनाले हिंसापीडितलाई आवश्यक सेवा र सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख जयन्ती खरेलका अनुसार, गत वर्षदेखि लागू भएको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सेवा पहुँच परियोजना अन्तर्गत यी कक्षहरू सञ्चालनमा ल्याइएका हुन्। नगरभित्र हिंसामा परेका नागरिकले यी कक्षहरूमा आएर सेवा लिन सक्नेछन्।

‘सुरक्षित कक्ष’ मा विशेषगरी बालबालिका, किशोरी र महिलाले सुरक्षित आश्रय र मनोपरामर्श प्राप्त गर्नेछन्। कर्मचारीहरूले जोखिममा परेका पीडितहरूलाई प्रहरी, अदालत र स्वास्थ्य निकायसम्म पुर्‍याउन सहयोग गर्नेछन्।

प्रत्येक कक्षमा एक जना केस मेनेजर, मनोपरामर्शदाता र केस वर्करको नियुक्ति गरिएको छ। मेचीनगर–८ स्थित कक्षकी केस वर्कर शान्ति मेहराले बालवालिका तथा किशोरीको पहिचान गरी उनीहरूलाई पहिलो सेवा दिने काम केस वर्करको भएको बताइन्।

प्रहरीको अध्ययनले कोशी प्रदेशमा सबैभन्दा बढी महिला हिंसाका घटना झापामा हुने गरेको देखाएको छ। यसैलाई मध्यनजर गर्दै झापामा हिंसा नियन्त्रण गर्न यो परियोजना लागू गरिएको हो।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार