NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

यस वर्ष सरदरभन्दा कम पानी पर्ने, गर्मी बढ्ने

यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। अधिकतम र न्यूनतम तापक्रम पनि बढ्ने अनुमान छ। मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा कम वर्षाको सम्भावना ५५-६५% सम्म छ।
Sarita Pandey
Sarita Pandey
15 June 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
मनसुन वर्षाको सम्भावना
Share:

यस वर्षको मनसुनमा देशका धेरैजसो स्थानमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको जलवायु विज्ञान महाशाखाले वैशाख २५ गते जारी गरेको प्रक्षेपणले यस्तो आँकलन गरेको हो।

विभागले अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना औंल्याएको छ। यसको अर्थ आगामी दिनमा गर्मी अधिक हुने देखिन्छ।

मौसम विभागका अनुसार नेपालमा जेठ १८ देखि असोज १४ गतेसम्मको अवधिलाई मनसुन वा बर्खायाम मानिन्छ।

कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ।

सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोसी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म छ।

कर्णाली प्रदेशका उत्तरी भूभाग र कोसी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म छ। देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना पनि ३५ देखि ४५ प्रतिशतसम्म आँकलन गरिएको छ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार