NM Khabar 17 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

मोरङको केराबारीमा सडक पार गर्ने क्रममा ७० वर्षीया वृद्धा विष्णुमाया मगरको टिपरको ठक्करबाट मृत्यु भएको छ। गम्भीर घाइते भएकी वृद्धाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो। प्रहरीले दुर्घटनामा संलग्न टिपर र २३ वर्षीय चालक विक्रम माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
Kamala Devi
Kamala Devi
17 July 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
टिपर ठक्करबाट वृद्धाको मृत्यु
Share:

मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा को १ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा ७० वर्षीया विष्णुमाया मगरको मृत्यु भएको छ। केराबारीबाट धरानतर्फ जाँदै गरेको टिपरले बाटो काट्दै गरेकी मगरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो।

प्रहरीले ठक्कर दिने टिपर र चालक २३ वर्षीय विक्रम माझीलाई नियन्त्रणमा लिएको छ। माझी सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल धरान उपमहानगरपालिका–१३ बस्ने हुन्। प्रहरीले माझी र टिपर दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार