मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

मुगुमा पहिरोले घर पुरिँदा बालकको मृत्यु, दुई घाइते

मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ। पहिरोले घर पूर्ण रुपमा क्षति भएको छ र आसपासका आठ घर उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
Maya Thapa
फिचर लेखिका
१ मिनेट पढाइ
आकार:
मुगु पहिरो
Share:
१९४

मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय रमेश बडुवालको मृत्यु भएको छ। घटनामा उनका बुबा जगनाथ र आमा सृजना बडुवाल घाइते भएका छन्।

शनिबार बिहान करिब ४:०० बजे पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरिरहेका बडुवाल परिवार सुतिरहेको अवस्थामा पहिरो घरमा पसेको थियो। छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ, २७ वर्षीया सृजना र ३ वर्षीय छोरा रमेश पहिरोमा च्यापिएका थिए।

प्रहरी चौकी डोल्फु पुलुको टोलीले ३ वर्षीय रमेशलाई उद्धार गरेको थियो। बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्‍याइए पनि ५:४५ बजे चिकित्सकले मृत घोषणा गरे।

जगनाथ र सृजनाको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ।

पहिरोले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। थप जोखिमका कारण आसपासका आठ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

Maya Thapa

Maya Thapa

फिचर लेखिका

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार