मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नारायणी अस्पतालबाट नवजात शिशुसहित महिला पक्राउ, १६ घण्टामा उद्धार

वीरगन्जको नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको छ। प्रहरीले १६ घण्टाभित्रै शिशुलाई उद्धार गरी चोरीमा संलग्न महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकी महिलालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
नारायणी अस्पताल शिशु चोरी
Share:
१३८

वीरगन्जको नारायणी अस्पतालबाट चोरी भएको एकदिने शिशुलाई प्रहरीले १६ घण्टाभित्रै उद्धार गरेको छ। पर्सा प्रहरीले शिशुसहित बच्चा चोरी गर्ने महिलालाई वीरगन्जको इनर्वाबाट पक्राउ गरेको हो।

प्रहरी प्रमुख पवन भट्टराईका अनुसार रातभर गरिएको अप्रेसनबाट बच्चा लिएर भागेकी महिलालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले बच्चा चोरीको आरोपमा वीरगन्ज इनर्वाकी सबिना खातुनलाई पक्राउ गरेको छ।

आइतबार राति अस्पतालबाट नवजात शिशु चोरी भएको थियो। हजुरआमासँग ‘बच्चा खेलाउँछु’ भन्दै शिशु मागेकी महिला बेपत्ता भएकी थिइन्। शिशु सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वाकी रिन्कु देवीको शनिबार राति ११ बजे जन्मिएको थियो।

एकदिने शिशु र पक्राउ परेकी महिलालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार