प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ ।
बुधबार बसेको संसद बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
मन्त्री पुनले विधेयक डीएनए परीक्षणलाई तीव्र र प्रभावकारी बनाउनुका साथै प्रदेशस्तरमा विस्तार गर्न ल्याइएको बताए ।
विधेयकमा तथ्यांक अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको जानकारी पनि उनले दिए । सांसदहरूले यसअघि विधेयकमाथि शब्द–शब्द केलाएर छलफल गरेको उनले बताए ।
यसअघि शोभा खनाल, बसुमाया तामाङ, मञ्जु भुसाल, गङ्गालक्ष्मी अवाल, सुशीला ढकाल आचार्य, टेकबहादुर शाक्य, प्रमिला कुलुजू, हरिमोहन भण्डारी, जनकसिंह धामी, पुकार बम, नीता घतानी, एशुदाकुमारी बराल, गुरूप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, साजिदा खातुन सिद्धिकी र लेखजङ्ग थापा लगायतले विधेयकमाथि आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक असोज १५ गते बिहान ११ बजे बस्नेछ ।
