NM Khabar 22 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राजमार्ग अवरुद्ध: वर्षाले देशैभर यातायात ठप्प

देशभर भइरहेको लगातारको वर्षाले पहिरो र बाढीका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सिन्धुपाल्चोक, इलाम, बागलुङ, पाँचथर र गोरखा लगायतका क्षेत्रमा सडक पूर्ण रूपमा बन्द छन्। प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।
Sanjay Karki
Sanjay Karki
22 July 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
राजमार्ग अवरुद्ध
Share:

देशभर भइरहेको लगातारको वर्षाले पहिरो र बाढीका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीलाई स्रोतले पुष्टि गरे अनुसार बुधबार बिहान ७ बजेसम्म सिन्धुपाल्चोक, इलाम, बागलुङ, पाँचथर र गोरखाका सडक पूर्ण रूपमा बन्द छन्।

बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा बाढीको जोखिमले बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि रात्रिकालीन यातायात बन्द छ।

इलामको मेची राजमार्गको राजदुवालीमा बाटो हिलाम्मे हुँदा सडक अवरुद्ध छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत जिरोकिलो र कोदारीको ईकु पहिरोमा लेदोसहितको पहिरोले यातायात ठप्प पारेको छ।

बागलुङको कालीगण्डकी करिडोरको बेलबगर सडक खण्डमा पहिरो खसेको छ। पाँचथरको राँके रवि भेडेटार सडक खण्डको कोप्चेमा पहिरोले सडक अवरुद्ध छ। गोरखाको आरुघाट माछिखोला सडक खण्डको लिदिङमा लेदो पहिरोले यातायात पूर्ण रूपमा ठप्प पारेको छ।

बाढी र पहिरोको जोखिम कायमै छ। प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार