NM Khabar 22 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ब्राउनसुगर, हेरोइन र गाँजासहित १६ पक्राउ

देशभरका विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौं, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी र बाँकेबाट लागूऔषध बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Sanjay Karki
Sanjay Karki
22 August 2026, 7:33 pm १ मिनेट पढाइ
आकार:
लागूऔषध सहित पक्राउ
Share:

काठमाडौं, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी र बाँकेबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट लागूऔषध बरामद गरेको छ।

काठमाडौंको कपन तेन्जिङचोकबाट करिब १ ग्राम ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिनय कुमार मण्डल, मनिष शाही र प्रदिप कुमार राई छन्।

मोरङको कानेपोखरीबाट ३ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित बिबेक राई पक्राउ परेका छन्। झापाको बिर्तामोडबाट १ सय ३० मिलिग्राम ब्राउनसुगरसहित बिबेक लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा गाउँपालिकाबाट ५ ग्राम २ सय १० मिलिग्राम ब्राउनसुगरसहित एक १७ वर्षीय किशोर पक्राउ परेका छन्। बिर्तामोडबाट १ ग्राम ३ सय ८० मिलिग्राम ब्राउनसुगरसहित अर्जुन राजवंशी पक्राउ परेका छन्।

झापा गाउँपालिकाबाटै १ ग्राम ८ मिलिग्राम ब्राउनसुगरसहित प्रभाष बास्के र फिलिप मर्डी पक्राउ परेका छन्।

धनुषाको सहिदनगरबाट २२ ग्राम ५ सय ८० मिलिग्राम खैरो हेरोइनसहित राजन यादव र बब्लु पासवान पक्राउ परेका छन्।

पर्साको पोखरियाबाट करिब ५ सय ग्राम गाँजासहित ६५ वर्षीय रामदयाल महरा पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट १ ग्राम ८ सय ४० मिलिग्राम खैरो हेरोइनसहित जनक खड्का पक्राउ परेका छन्।

नवलपरासी पश्चिमको पाल्हीनन्दनबाट नियन्त्रित लागूऔषध स्पास्मो ट्याब्लेट, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनिल विक र दिपेश विक छन्।

बाँकेको डुडुवा गाउँपालिकाबाट ९ सय मिलिग्राम ब्राउनसुगरसहित ओसिस खाँ पक्राउ परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार