NM Khabar 9 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नवलपरासीमा बस दुर्घटना: १६ यात्रु घाइते

नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भए। पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस अनियन्त्रित भई पल्टिएको थियो। घाइतेहरूलाई चिसापानी अस्पताल बर्दघाट पठाइएको छ।
Sanjay Karki
Sanjay Karki
9 May 2026, 9:32 pm १ मिनेट पढाइ
आकार:
Share:

नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भए।

पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ७ ख ५८२० नम्बरको बस बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई सडकको दाँहिने किनारातर्फ पल्टियो। आज साँझ करिब ७ बजे भएको दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले पुष्टि गरे।

घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल बर्दघाट पठाइयो। बसमा ३१ यात्रु सवार थिए, अन्य सकुशल रहेको प्रहरी नायब उपरीक्षक पन्तले बताए।

दुर्घटनामा घाइते अधिकांश यात्रुको हातखुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा चोट लाग्यो। प्रहरीका अनुसार, केहीको अवस्था मध्यम र अधिकांशको सामान्य छ।

घाइतेहरू कास्की, नवलपरासी, कैलाली, तनहुँलगायत विभिन्न जिल्लाका हुन्। एक विदेशी नागरिक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक पन्तले बताए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार