देशभर २४ घण्टामा ६६ विपद् घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५२ जिल्ला प्रभावित भएका छन्।
सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको विवरणअनुसार दुई जनाको ज्यान गएको छ। १३ जना घाइते भएका छन्।
प्राधिकरणको तथ्यांकअनुसार सर्पदंश आठ, आगलागी सात, बाढी छ, पहिरो १७, अविरल वर्षा १०, चट्याङ र जनावर आक्रमणका एक/एक तथा भूकम्पका दुई घटना भएका छन्।
विपद्का कारण रु १० लाख ७४ हजार ५०० बराबरको क्षति भएको छ। सात स्थानमा सडक अवरोध भएको थियो।
प्राधिकरणले वर्षाको मौसममा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त स्थानमा नजान र मौसमको जानकारी लिएर मात्र यात्रा गर्न ध्यानाकर्षण गराएको छ।
