मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

विमानस्थलबाट विदेशी मुद्रासहित वायुसेवा निगमका २ कर्मचारी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट नेपाल वायुसेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्। उनीहरूको साथबाट अमेरिकी डलर र मलेशियन रिंगित बरामद भएको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
वायुसेवा निगम कर्मचारी पक्राउ
Share:
१५१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट नेपाल वायुसेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त मुद्रा बरामद गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–२६ गेंगबुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३, गोरखाकी ३५ वर्षीया ममता पाण्डे छन्। यी दुवै नेपाल वायुसेवा निगमका कर्मचारी हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई जाँच गर्दा जननीको साथबाट ४,३०० अमेरिकी डलर र १२,३७२ मलेशियन रिंगित फेला पारेको थियो। त्यसैगरी, ममताको साथबाट ४,२०० अमेरिकी डलर र १२,३२८ मलेशियन रिंगित बरामद भएको थियो।

उनीहरू नेपाल एयरलाइन्सको उडानमार्फत काठमाण्डुबाट क्वालालम्पुर जाँदै थिए। प्रहरीले विदेशी मुद्रासहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि दुवै कर्मचारीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार