रौतहट र बारामा सर्पदंशले एक बालक र एक बालिकाको ज्यान लिएको छ। कपिलवस्तुमा पनि सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। रोल्पाको गङ्गादेव गाउँपालिकामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पछिल्लो २४ घण्टामा २५ वटा विपद्जन्य घटना भएका छन्। यी घटनामा ५ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
सर्पदंशबाट रौतहटकी ७३ वर्षीया महिला, बाराका १९ महिनाका बालक र कपिलवस्तुकी १६ वर्षीया बालिकाको मृत्यु भएको हो।
रोल्पाका ६ र ७ वर्षका दुई बालक स्कुलबाट घर फर्कने क्रममा खहरे खोलाले बगाएको थियो।
मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा र कञ्चनपुरमा भएका विपद्जन्य घटनामा ११ जना घाइते भएका हुन्।
यस अवधिमा ६३ लाखभन्दा बढीको भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ।
