NM Khabar 27 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशभर बाढी-पहिरो: ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार

अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ। बागमती र लुम्बिनी प्रदेशमा दुई/दुई, गण्डकी र कर्णालीमा एक/एक जनाको ज्यान गएको छ। विपद्‍मा दुई जना घाइते भएका छन् भने प्रहरीले ४०७ जनाको उद्धार गरेको छ।
Sanjay Karki
Sanjay Karki
26 September 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
बाढी पहिरो मृत्यु उद्धार
Share:

देशभरि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी छ जनाको मृत्यु भएको छ। असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा विपद्‍का घटनाहरू भएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले दिएको जानकारी अनुसार बागमती र लुम्बिनी प्रदेशमा दुई/दुई जनाको मृत्यु भएको छ। गण्डकी र कर्णाली प्रदेशमा एक/एक जनाको ज्यान गएको छ।

बाढीपहिरोमा परी दुई जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ४०७ जनाको उद्धार गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार