NM Khabar 3 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

इन्धनमा मूल्यवृद्धि: पेट्रोल ३, डिजेल/मट्टितेल ५ रुपैयाँ महँगो

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु. १९७.१५ कायम भएको छ। मूल्य वृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा रु. १ अर्ब ४९ करोड घाटा हुने अनुमान छ।
Sunita Rai
Sunita Rai
3 August 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
इन्धन मूल्य वृद्धि
Share:

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. ३१.१९ र डिजेलमा प्रतिलिटर रु. ३९.६७ ले मूल्य बढेर आएको थियो। उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको निर्णयअनुसार २०८३ साउन १८ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु. ३ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु. ५ ले मात्रै मूल्य वृद्धि गरिएको हो।

यस मूल्य समायोजनपछि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु. १९७.१५ र डिजेल/मट्टितेलको मूल्य पनि प्रतिलिटर रु. १९७.१५ कायम भएको छ। यसरी मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा रु. १ अर्ब ४९ करोड घाटा हुने देखिएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार