मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कोशी, गण्डकी, लुम्बिनीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। वर्षापछि बाढी र पहिरोको जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
भारी वर्षाको सम्भावना
Share:
१३१

देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसले देशैभरि सामान्य बदली गराएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

वर्षापछि ती क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा असर पर्न सक्नेछ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार