कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास र पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहँदा यो प्रभाव देखिएको हो।
यसको असरले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। मधेस प्रदेशमा आंशिक बदली छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थान र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति देशभर सामान्य बदली रहनेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी प्रदेशको पहाडी र तराई भूभाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
