मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमालेको सदन अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको 'नेपालले भारतको जग्गा मिचेको छ' भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। एमालेले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर क्षमायाचना गर्नुपर्ने माग गरेको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
एमाले सदन अवरुद्ध
Share:
२३३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। एमालेले प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको अभिव्यक्ति सच्याएर क्षमायाचना गर्नुपर्ने माग गरेको छ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले विरोध जनाएका थिए। एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गरेको आरोप लगाइन्। उनले प्रधानमन्त्रीले संसदमा आएर नेपालले भारतको जग्गा मिचेको भनी दिएको अभिव्यक्ति भूल सुधार गरी क्षमायाचना गर्नुपर्ने माग गरिन्।

अर्यालले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न अंग भएको र ती क्षेत्र निःशर्त रूपमा फिर्ता हुनुपर्ने धारणा राखिन्। यो विषय कुनै एक विपक्षी दलको मात्र नभई तीन करोड नेपाली जनताको साझा सरोकारको विषय भएको उनको भनाइ थियो।

एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ। यदि माग पूरा नभए सदन चल्न नदिने अडान एमालेको छ।

प्रधानमन्त्री बालेनले १७ जेठमा प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने क्रममा ‘मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार