NM Khabar 8 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बाढी उद्धारका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो अत्यावश्यक उपकरण

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपालले अन्तर्राष्ट्रिय समुदायसँग उपकरण माग्यो । मागिएका सामग्रीमा उच्च क्षमताका बेली ब्रिज, डीएनए परीक्षण किट, पानीमुनि चल्ने ड्रोन लगायत छन् । परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय साझेदारलाई औपचारिक पत्राचार गरिसकेको छ ।
Bikram Magar
Bikram Magar
8 September 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
बाढी उद्धार उपकरण
Share:

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्यावश्यक उपकरण तथा सामग्री सहयोग मागेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितका सरकारी निकायसँगको समन्वयमा सामग्री पहिचान गरी सहयोग मागिएको हो ।

परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय साझेदारलाई आवश्यक सामग्रीका लागि औपचारिक रूपमा पत्राचार गरिसकेको छ । उद्धार तथा प्रतिकार्यलाई सुदृढ बनाउन सहयोग समयमै परिचालन गर्न समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपालले माग गरेका सामग्रीमा उच्च क्षमताका बेली ब्रिज, महामारी रोकथामका सामग्री, डीएनए परीक्षण किट, पानीमुनि चल्ने ड्रोन, पोर्टेबल जेनरेटर, उच्च क्षमताका सर्ज पम्प, प्रयोगशालाका फ्रिजर तथा हिलो र सुरुङ उद्धारका लागि आवश्यक पोसाक लगायत छन् ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार