NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतमा महोत्तरीका १६ कामदार बन्धक, उद्धारको लागि दूतावाससँग पहल

महोत्तरीका १६ जना नेपाली कामदार भारतको हरियाणामा कुखुरा फार्ममा बन्धक परेका छन्। आकर्षक तलबको प्रलोभनमा भारत पुगेका उनीहरूलाई यातना दिई ज्याला नदिएको पीडितको गुनासो छ। दिल्लीस्थित नेपाली दूतावासमार्फत उद्धारका लागि पहल सुरु गरिएको छ।
Kamala Devi
Kamala Devi
4 June 2026, 4:17 pm १ मिनेट पढाइ
आकार:
कामदार बन्धक
Share:

महोत्तरीको बर्दिवासका १६ कामदार भारतको हरियाणामा बन्धक बनाइएका छन्। उनीहरूलाई जिन जिल्लाको झाझर थानाअन्तर्गत हेलन गाउँको कुखुरा फार्ममा काम गर्ने क्रममा बन्धक बनाइएको हो।

गत चैत १३ गते बर्दिवास–३ गौरीडाँडाका दिलीप परियारले आकर्षक तलब, सेवा सुविधा र हलुको कामको प्रलोभन देखाएर उनीहरूलाई भारत लगेका थिए। भारत पुगेपछि डरधाक, यातना र ज्याला नदिई बन्धक बनाएको पीडितहरूले बताएका छन्।

बन्धक बनाइएकी २० वर्षीया किरण सदाले फोनमार्फत प्रहरीलाई यातना र ज्याला नदिएको जानकारी दिइन्।

बर्दिवास–१४ मुसहर बस्तीका वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदाले नयाँ दिल्लीस्थित नेपाली दूतावाससँग समन्वय गरी उद्धारका लागि प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनासमार्फत निवेदन दिएका छन्।

प्रहरीका अनुसार बन्धक बनाइएकाहरूमा मुकेश (१७), किसन (१६), आशिक (१३), अमृत (२१), किरण (२०), झरी (३५), लालमुनी (३४), काजल (१६), साजन (१३), शङ्कर सदा (९), विसुनदेव (३८), महावती (३५), अमृत (१०), मोहन (४०) र बेचो सदा (३५) छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार