NM Khabar 2 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कांग्रेसमा महाधिवेशनको दुई कार्यतालिका: संस्थापन र इतर पक्षको फरक बाटो

नेपाली कांग्रेसभित्र पार्टीको १५औँ महाधिवेशनको मिति र कार्यतालिकालाई लिएर आन्तरिक विवाद चर्किएको छ। पार्टीको संस्थापन पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले एकअर्काभन्दा भिन्न दुई वटा कार्यतालिका सार्वजनिक गरेपछि विवादले थप जटिलता लिएको हो।
Laxmi Bhattarai
Laxmi Bhattarai
2 September 2026, 8:35 pm १ मिनेट पढाइ
आकार:
कांग्रेस महाधिवेशन कार्यतालिका
Share:

नेपाली कांग्रेसभित्र पार्टीको १५औँ महाधिवेशनको मिति र कार्यतालिकालाई लिएर आन्तरिक विवाद चर्किएको छ। पार्टीको संस्थापन पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले एकअर्काभन्दा भिन्न दुई वटा कार्यतालिका सार्वजनिक गरेपछि विवादले थप जटिलता लिएको हो।

गत पुसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएपछि सुरु भएको यो विवाद महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका सार्वजनिकसम्म आइपुगेको छ। विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोग र सर्वोच्च अदालतको डिभिजन बेञ्चले आधिकारिकता दिएको छ। निवर्तमान सभापति देउवा र १४औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सर्वोच्चले पुनरवलोकनको अनुमति दिएको छ।

सर्वोच्च अदालतको पूर्ण इजलासले फैसला नगर्दासम्म महाधिवेशनको प्रक्रिया अगाडि नबढाउन संस्थापन पक्षलाई आग्रह गरिएको थियो। संस्थापन पक्षले यसलाई नमान्दै आफ्नो निर्वाचन समितिमार्फत भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

देउवा समूहले भने असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मङ्सिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका प्रस्ताव गरेको छ। यस समूहको ‘१५ औँ महाधिवेशन आयोजक समिति’को बैठकमा यो कार्यतालिका प्रस्तुत गरिए पनि अन्तिम रूपमा पारित भने भइसकेको छैन।

संस्थापन पक्षको कार्यतालिकाअनुसार भदौ २४ गते वडा अधिवेशन, भदौ २७ गते पालिका अधिवेशन, असोज १० गते प्रदेश अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने योजना छ।

देउवा समूहले प्रस्ताव गरेको कार्यतालिकामा असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन, मङ्सिर ४ गते प्रदेश अधिवेशन र मङ्सिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ। यस समूहले क्रियाशील सदस्यता टुङ्गो लगाउन असोज ९ गतेसम्मको समयसीमा तोकेको छ। १४औँ महाधिवेशनमा सहभागी सबैलाई स्वतः मान्यता दिने निर्णय गरेको छ।

यसैबीच, नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। सो समूहको केन्द्रीय महाधिवेशन तयारी समितिको बैठकले मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्ने मिति तय गरेको हो। यसअघि संस्थापन पक्षले भदौ २४ गतेदेखि सुरु गरेर असोज १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।

इतर पक्षले वडादेखि केन्द्रसम्मको अधिवेशनको मिति तय गर्नुका साथै क्रियाशील सदस्यताको विवाद अन्त्यका लागि छानबिन समितिको निर्णयलाई अन्तिम मान्ने निर्णय गरेको छ। १४औँ महाधिवेशनका सहभागी, तोकिएको समयभित्र नवीकरण गरेका र असोज ९ गतेभित्र नयाँ सदस्यता प्राप्त गर्ने सबै सदस्यले १५औँ महाधिवेशनमा भाग लिन पाउनेछन्।

यस विवादका बीच, नेपाली कांग्रेस संस्थापनइतर समूहले १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्न प्रस्तावित कार्यतालिका तय गरेको छ। समूहका नेता एनपी साउदका अनुसार, अर्को पक्षले तय गरेको महाधिवेशन कार्यतालिका रोक्न सर्वोच्च अदालतमा निवेदन दिइएको थियो। अन्तरिम आदेश नआएपछि आफूहरू पनि १५औँ महाधिवेशनको कार्यतालिका लिएर अघि बढेको उनले स्पष्ट पारे। अदालतमा विचाराधीन पुनरवलोकन मुद्दाको अन्तिम फैसलाले जसलाई मान्यता दिन्छ, त्यही नै आधिकारिक कांग्रेस हुने उनको भनाइ छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार