मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

महिला क्रिकेट टोली एसिया कप छनोटबाट बाहिरियो, थाइल्यान्डसँग ५६ रनको हार

एसिसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो। यो हारसँगै नेपाली टोली एसिया कप छनोटबाट बाहिरिएको छ। यसअघि एसियन गेम्स छनोटबाट पनि नेपाल बाहिरिएको थियो।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
महिला क्रिकेट एसिया कप छनोट
Share:
२६४

एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा थाइल्यान्डसँग ५६ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोली एसिया कप छनोट हुने दौडबाट बाहिरिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि रुविना क्षेत्रीले अविजित २० रनको योगदान दिइन्। सोनी पाख्रिनले १५, सम्झना खड्का र सीता रानामगरले १२-१२ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १३० रनको योगफल बनाएको थियो। थाइल्यान्डकी नानापाट खोन्चारोयन्काइले अविजित ६२ रनको उत्कृष्ट पारी खेलिन्। फानिता मायाले २६, चानिदा सुथिरूवाङले १६ र कप्तान नारूमोइ चाइवाइले ८ रनको योगदान दिए।

विज्ञापन

नेपाली बलरहरू कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान एक-एक विकेट लिए।

यसअघि यसै महिना मलेसियामा भएको एसियन गेम्स छनोटमा पनि नेपाल चीनसँग पराजित हुँदै बाहिरिएको थियो।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार