मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

राष्ट्र्रीय परिचयपत्रको नाममा ठगी: प्रहरीले शंकास्पद लिंक नखोल्न आग्रह

राष्ट्र्रीय परिचयपत्र (NID) को नाममा मोबाइल बैंकिङ सेवा २४ घण्टाभित्र बन्द हुने दाबी गर्दै पठाइएका शंकास्पद सन्देश र लिंकमा क्लिक नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता सन्देशमा विश्वास गरी लिंकमा क्लिक गर्दा बैंकिङ तथा व्यक्तिगत विवरण चोरी हुन सक्ने जोखिम रहेको प्रहरीको भनाइ छ।
Rohan Tamang
प्रविधि संवाददाता
१ मिनेट पढाइ
आकार:
राष्ट्रिय परिचयपत्र ठगी
Share:
२२१

राष्ट्र्रीय परिचयपत्र (NID) को नाममा मोबाइल बैंकिङ सेवा २४ घण्टाभित्र बन्द हुने दाबी गर्दै पठाइएका शंकास्पद सन्देश र लिंकमा क्लिक नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

‘प्रिय ग्राहक, राष्ट्रिय परिचयपत्र (NID) लिंक नभएको कारण तपाईंको मोबाइल बैंकिङ सेवा २४ घण्टाभित्र बन्द हुनेछ’ जस्ता सन्देश पठाएर ठगी गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस्ता सन्देशमा विश्वास गरी लिंकमा क्लिक गर्दा बैंकिङ तथा व्यक्तिगत विवरण चोरी हुन सक्ने जोखिम छ।

साइबर ब्यूरोले अफवाहपूर्ण र शंकास्पद सन्देशमा विश्वास नगर्न र त्यस्ता लिंकमा कुनै पनि हालतमा क्लिक नगर्न भनेको छ।

बैंक वा डिजिटल वालेटसम्बन्धी जानकारीका लागि सम्बन्धित बैंक वा वालेटको आधिकारिक वेबसाइट वा आधिकारिक सामाजिक सञ्जाल पेजबाट मात्र सूचना लिनुपर्ने प्रहरीले अनुरोध गरेको छ।

साइबर ठगी वा शंकास्पद गतिविधिबाट पीडित भएमा साइबर ब्यूरो, भोटाहिटी काठमाडौंमा ९८५१२८६७७० र ९८५१२८६७७१ नम्बरमा वा cyberbureau@nepalpolice.gov.np इमेलमा सम्पर्क गर्न सकिनेछ।

डिजिटल बैंकिङ प्रयोगकर्तालाई अपरिचित व्यक्तिबाट आएका सन्देश, लिंक र वेबसाइट प्रयोग गर्दा विशेष सावधानी अपनाउन तथा आफ्नो बैंकिङ पासवर्ड, ओटीपी, कार्ड विवरण वा अन्य संवेदनशील जानकारी कसैलाई पनि नदिन प्रहरीले आग्रह गरेको छ।

Rohan Tamang

Rohan Tamang

प्रविधि संवाददाता

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार