मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

बाराको निजगढमा दाउ प्रहार: ४० वर्षीय योन्जन गम्भीर घाइते, ५० वर्षीय घिमिरे पक्राउ

बाराको निजगढ नगरपालिका-१ गोरु बजारमा ५० वर्षीय धनबहादुर घिमिरेको दाउ प्रहारबाट ४० वर्षीय मानबहादुर योन्जन गम्भीर घाइते भएका छन्। घाइतेको मध्यम सिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले आरोपित घिमिरेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२१९

बाराको निजगढ नगरपालिका-१ गोरु बजारमा ५० वर्षीय धनबहादुर घिमिरेको दाउ प्रहारबाट ४० वर्षीय मानबहादुर योन्जन गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो करिब १२ बजे घिमिरे र योन्जनबीच सामान्य भनाभन सुरु भएको थियो।

भनाभन चर्किएपछि घिमिरेले मासु काट्न प्रयोग गरिने दाउले योन्जनमाथि प्रहार गरे। दाउ प्रहारबाट योन्जनको टाउको र गर्दनमा गम्भीर चोट लागेको छ।

विज्ञापन

घाइते योन्जनको मध्यम सिटी अस्पताल, निजगढमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक दाताराम अधिकारीको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थल पुग्यो। अस्थायी प्रहरी पोस्ट सिगोलबाट असई मनोज तिवारीको नेतृत्वमा दुई सदस्यीय टोली पनि घटनास्थलमा खटिएको थियो।

प्रहरीले घटनालगत्तै आरोपित धनबहादुर घिमिरेलाई नियन्त्रणमा लिएको छ। उनीमाथि इलाका प्रहरी कार्यालय निजगढको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार