मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रतिनिधिसभामा आज आठ मन्त्रालयको बजेटमाथिको छलफल सकिने

प्रतिनिधिसभामा आज विनियोजन विधेयक, २०८३ अन्तर्गत आठ मन्त्रालयको बजेटमाथिको छलफल सकिने। विज्ञान, प्रविधि, कानुन, पुर्वाधार, गृह, उर्जा, परराष्ट्र, अर्थ, र रक्षामन्त्रालय लगायतको बजेटमाथि छलफल हुनेछ। १२ सांसदले खर्च कटौती प्रस्ताव पेश गर्नेछन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
बजेट छलफल प्रतिनिधिसभा
Share:
१९२

प्रतिनिधिसभा बैठकमा आज विनियोजन विधेयक, २०८३ अन्तर्गत आठ मन्त्रालयको बजेट शीर्षकमाथिको छलफल सकिने तयारी छ। बिहान ११ बजे बस्ने बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, पुर्वाधार विकास, गृह, उर्जा, परराष्ट्र, अर्थ, र रक्षामन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको बजेटमाथि छलफल हुनेछ।

हिजो नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा भएको थियो। आजको बैठकमा १२ जना सांसदले खर्च कटौती प्रस्ताव पेश गर्ने कार्यसूची छ। यसका साथै प्रतिनिधिसभाका पूर्व सदस्य मंगलप्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव पारित गरिनेछ।

यसैबीच, आज ६ वटा संसदीय समितिको बैठक पनि बस्दैछ। अर्थ, पूर्वाधार विकास, आर्थिक मामिला सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक तय भएको संसद सचिवालयले जनाएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार