NM Khabar 18 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

• प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै, विनियोजन विधेयकका सिद्धान्तमाथि छलफल।• राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने।• जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
18 May 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
Share:

प्रतिनिधि सभामा आज बिहान ११ बजे विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुँदैछ। यो छलफल कर प्रस्ताव बाहेकका विषयमा केन्द्रित रहनेछ।

संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। विनियोजन विधेयक छलफल अघि, प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ प्रस्तुत हुनेछ। समिति सभापति गणेश पराजुलीले उक्त प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज (सोमबार) दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्दैछ। राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ हुने कार्यसूची छ।

विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल सकिएपछि आगामी जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार