मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

सभामुख अर्यालद्वारा प्रतिनिधिसभाको अमर्यादित व्यवहारबारे छानबिन समिति गठन

प्रतिनिधिसभा बैठकमा आइतबार भएको अमर्यादित र आपत्तिजनक व्यवहारको छानबिन गर्न समिति गठन गरिएको छ। संघीय संसद् सचिवालयका सचिव प्रकाश अधिकारी संयोजक रहेको समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनेछ। नियमावली पारित प्रक्रियामा असहमति जनाउँदै विपक्षी सांसदहरूले वेल घेराउ गर्दा कुर्सी र माइकमा क्षति पुगेको थियो।
Nmkhabar
१ मिनेट पढाइ
आकार:
Share:
१९५

काठमाडौं– प्रतिनिधिसभा बैठकमा आइतबार भएको अमर्यादित र आपत्तिजनक व्यवहारको छानबिन गर्न समिति गठन गरिएको छ। सभामुख देवप्रसाद अर्यालले घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउनका लागि सो समिति गठन गरेका हुन्।

संघीय संसद् सचिवालयका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन्। समितिले सात दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्नेछ।

आइतबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०८३ पारित गर्ने प्रक्रियाप्रति असहमति जनाउँदै विपक्षी दलका सांसदहरूले वेल घेराउ गरेका थिए। उक्त क्रममा केही कुर्सी र माइकमा भौतिक क्षति पुगेको थियो।

विज्ञापन

सभामुख अर्यालले प्राप्त प्रतिवेदनका आधारमा प्रतिनिधिसभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम घटनामा संलग्नलाई आवश्यक कारबाही अगाडि बढाउन सकिने बताएका छन्।

विज्ञापन
Nmkhabar

Nmkhabar

संवाददाता · Nmkhabar

Nmkhabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

थप समाचार