NM Khabar 2 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रतिनिधिसभा बैठक: सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
2 September 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
प्रतिनिधिसभा बैठक
Share:

संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

सभामुख अर्यालले २०८३ साल भदौ १० गते बुधबार रसुवाको टिमुरे, स्याफ्रुबेसी, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा आएको बाढीले ठूलो संख्यामा नागरिक बेपत्ता हुनाका साथै मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नेछन्।

संघीय संसद् सचिवालयले उपलब्ध गराएको विशेष प्रस्तावमा उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिने उल्लेख छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार