NM Khabar 21 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नाराबाजीबीच संसद्बाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

नाराबाजी र अवरोधका बीच प्रतिनिधिसभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ। सभामुख देवप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउने प्रयास गरे पनि उनी बैठकमा जान तयार भएनन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर संसदमा निरन्तर विरोध जनाउँदै आएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
21 May 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
वैकल्पिक विकास वित्त परिचालन विधेयक
Share:

काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोध र नाराबाजीका बीच प्रतिनिधिसभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गर्दै विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारितका लागि प्रस्तुत गरेपछि सभामुख अर्यालले यसलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। यसअघि विपक्षी दलहरूले बैठकमा अवरोध गरेका थिए।

सभामुख अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउने प्रयास गरेका थिए। विपक्षीहरूको अवरोधका कारण प्रधानमन्त्री संसदमा जान तयार नभएपछि सभामुखले बैठक अघि बढाएका थिए।

सभामुख निकट स्रोतका अनुसार सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई दुई पटक भेटेर संसदमा उपस्थित हुन आग्रह गरेका थिए। तर, प्रधानमन्त्री बैठकमा जान तयार नभएपछि सभामुखले अवरोधका बीच बैठक सञ्चालन गरेका हुन्।

प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो। प्रधानमन्त्री उपस्थित नभएपछि सभामुख अर्यालले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए।

विपक्षी दलहरूले नीति तथा कार्यक्रमदेखि नै प्रधानमन्त्रीको खोजी गरिरहेको स्मरण गराउँदै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमसमेत प्रत्येक महिना सञ्चालन हुन नसकेकोमा प्रश्न उठाएका थिए। सात दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेको अवस्थामा प्रधानमन्त्रीले अगाडि बढाउने कार्यसूची पेस गर्न अर्को मन्त्रीलाई पठाएको भन्दै विपक्षीले विरोध जनाएका थिए।

विपक्षीको अवरोध नरोकिएपछि बैठक स्थगित गरेर सभामुख अर्याल प्रधानमन्त्री शाहलाई भेट्न पुगेका थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार