मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

पिक आवरमा ३२४८ मेगावाट बिजुली माग, भारतबाट आयात शून्य

नेपालको कुल ऊर्जा माग ७३,६२९ मेगावाट घण्टा पुगेको छ। साँझको पिक आवरमा ३,२४८ मेगावाट बिजुलीको माग छ। भारतबाट बिजुली आयात शून्य छ भने २२,१०२ मेगावाट घण्टा निर्यात भइरहेको छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
राष्ट्रिय बिजुली माग
Share:
१६५

साँझको ‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुलीको माग पुगेको छ। कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल भारतबाट कुनै बिजुली आयात गरिएको छैन। प्राधिकरणले २२ हजार १०२ मेगावाट घण्टा बराबरको बिजुली निर्यात गरिरहेको छ।

प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूको योगदान ४७ हजार ५६३ मेगावाट घण्टा छ। प्राधिकरणका सहायक कम्पनीहरूले १७ हजार १०८ मेगावाट घण्टा उपलब्ध गराएका छन्। प्राधिकरणकै आयोजनाबाट आठ हजार ९५९ मेगावाट घण्टा ऊर्जा उत्पादन भएको छ।

राष्ट्रिय ऊर्जा माग ५१ हजार ५२७ मेगावाट घण्टा छ। वर्षाका कारण देशभर विद्युत आपूर्तिमा कुनै अवरोध नरहेको प्राधिकरणले जनाएको छ। यद्यपि, कुनै समस्या उत्पन्न भएमा तत्काल मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएको छ। सातवटा प्रदेश कार्यालय र काठमाडौँमा मर्मतसम्भार टोली तम्तयार छन्।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार