ज्ञानेन्द्र शाहीको जन्म वि.सं. २०४८ माघ २४ गते जुम्ला जिल्लाको नाराकोट-७ मा भएको थियो।
उनी वि.सं. २०७८ फागुन ६ गते राष्ट्रिय प्रजातन्त्र पार्टीमा केन्द्रीय सदस्य र प्रवक्ताको रूपमा प्रवेश गरे। उनी वि.सं. २०७९ पुस ७ गते जुम्ला १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।
उनी वि.सं. २०८२ को आम निर्वाचनमा जुम्ला १ बाट प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित भए। उनी वि.सं. २०८२ चैत १२ गतेदेखि प्रतिनिधि सभाको सदस्यको रूपमा कार्यरत छन्।
उनी वि.सं. २०७९ मंसिरदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकको रूपमा सेवा गरिरहेका छन्। उनी वि.सं. २०८२ चैत ५ गतेदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेताको रूपमा कार्यरत छन्।
