मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रधानमन्त्रीकाे अभिव्यक्तिविरुद्ध जनवर्गीय संगठनद्वारा देशभर आन्दोलन घोषणा

प्रधानमन्त्री बालेन शाहको 'भारतको भूमि मिचेको' भन्ने अभिव्यक्तिविरुद्ध नेकपाका जनवर्गीय संगठनले आन्दोलन घोषणा गरेका छन्। मोर्चाले प्रधानमन्त्रीसँग जनतासँग माफी माग्न माग गरेको छ। जेठ २१ गतेसम्म विरोध प्रदर्शन, मसाल जुलुस लगायतका कार्यक्रम तय भएका छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
प्रधानमन्त्री बालेन शाह अभिव्यक्ति
Share:
१५९

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आइतबारको प्रतिनिधि सभा बैठकमा ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएको विरोधमा नेकपाका जनवर्गीय सङ्गठन समन्वय मोर्चाले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सोमबार बसेको मोर्चाको बैठकले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दै तत्काल जनतासँग माफी माग्नुपर्ने माग गरेको छ ।

मोर्चाका प्रमुख राजेन्द्र पाण्डेका अनुसार, ‘आत्मसमर्पणवादको विरोध गरौँ, राष्ट्रिय अखण्डताको रक्षा गराैँ’ भन्ने नारासहित विभिन्न सङ्गठनहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने, विरोधपत्र बुझाउने, विद्यार्थीहरूको संयुक्त पहलमा विरोध प्रदर्शन गर्ने र मसाल जुलुस निकाल्ने जस्ता कार्यक्रमहरू जेठ २१ गतेसम्मका लागि घोषणा गरिएका छन् ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार