NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पोखरामा असिनाले मकै, फलफूल र तरकारी बालीमा ठूलो क्षति

पोखराका विभिन्न वडामा असिना पानीले मकै, फलफूल र तरकारी बालीमा क्षति पुगेको छ। वडा नं १३ मा २०० रोपनी क्षेत्रफलको तरबुजा खेतीमा पूर्ण क्षति भएको छ। खोलामा बाढीले पुल नहुँदा तरबुजा बजारसम्म लैजान किसानलाई समस्या भएको छ।
Maya Thapa
Maya Thapa
26 May 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
Share:

पोखराका विभिन्न वडामा सोमबार आएको हावाहुरीसहितको असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा व्यापक क्षति पुर्‍याएको छ।

पोखरा महानगरपालिकाका वडा नं १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका क्षेत्रमा लगाइएका बालीनालीमा क्षतिको विवरण संकलन भइरहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए।

वडा नं १३ मा करिब २०० रोपनी क्षेत्रफलमा लगाइएको तरबुजाको खेती असिनाले पूर्ण रूपमा क्षति पुर्‍याएको छ।

वडा नं ३३ को सुरौदी तिखेढुङ्गा क्षेत्रमा सुरौदी खोलामा पानीको बहाव बढेका कारण पुल नहुँदा ३५ रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको तरबुजा बजारसम्म पुर्‍याउन किसानहरूलाई समस्या भएको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार