NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रभु साहले मागे कृषिमन्त्रीको राजीनामा, किसानलाई मल नदिएको आरोप

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कृषिमन्त्री गीता चौधरीको राजीनामा मागेका छन्। धान रोपाइँको मुख्य समयमा किसानलाई मल उपलब्ध गराउन सरकार असफल भएको आरोप साहले लगाएका छन्। मल ल्याउन खोज्ने किसानलाई दुःख दिएको र समस्या समाधान नगरेको भन्दै साहले सरकारको आलोचना गरेका छन्।
Kamala Devi
Kamala Devi
24 July 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
कृषि मन्त्री राजीनामा
Share:

बाराको कलैयामा शुक्रबार आयोजित कार्यक्रममा आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको राजीनामा मागेका छन्। धान रोपाइँको मुख्य समयमा किसानले पर्याप्त मल नपाउनु सरकारको असफलता भएको साहले बताए।

‘किसानलाई मल उपलब्ध गराउन नसक्ने मन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार छैन। असफल कृषि मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,’ साहले भने।

उनले दुईतिहाइ बहुमतको सरकार भए पनि किसानले सरकार भएको अनुभूति गर्न नसकेको दाबी गरे। किसानका समस्या समाधान गर्नु सरकारको दायित्व हो।

साहले सरकारले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन नसकेको आरोप लगाए। भारतबाट मल ल्याउन खोज्ने किसानलाई समेत दुःख दिने काम स्वीकार्य नहुने उनको भनाइ थियो।

‘किसानलाई मल दिन नसक्ने, तर छिमेकी मुलुकबाट ल्याएको मलसमेत खोस्ने अधिकार सरकारलाई कसले दियो?’ उनले प्रश्न गरे।

चुनावका बेला ठूला प्रतिबद्धता गर्ने तर सरकारमा पुगेपछि युवा, विद्यार्थी र किसानका समस्या समाधान गर्नुको सट्टा सरकार रमिते बनेको टिप्पणी साहले गरे।

कार्यक्रममा आजपा नेता अशोक लामा, संविधानसभा सदस्य तथा आजपा नेता आत्माराम साह सहभागी थिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार