नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा सर्वदलीय सहमति भए मात्र आफ्नो दल सहभागी हुने घोषणा गरेका छन्।
आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटमा उनले कांग्रेस र एमालेसँग मिलेर सरकार नबनाउने अडान दोहोर्याए।
मधेसवादी दलसहित सबैको सहमतिमा संयुक्त सरकार बने मात्र आफ्नो दल सरकारमा जाने प्रचण्डले बताए।
कांग्रेस र एमालेबाट आएका अलग–अलग सरकारका प्रस्ताव आफूले अस्वीकार गरेको उनले जानकारी दिए।
