राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार चारवटा महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस भएका ती विधेयकहरूलाई उनले प्रमाणित गरेका हुन्।
प्रमाणीकरण भएका विधेयकहरूमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ रहेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।
