NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्री शाहको संसदमा पहिलो प्रश्नोत्तर: विपक्षीको नियमापत्ति

प्रधानमन्त्री बालेन्द्र शाह पहिलोपटक प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तरका लागि रोष्ट्रममा उपस्थित भएका छन्। सभामुख डोलप्रसाद अर्यालले सांसदलाई दुई मिनेटको समय दिएपछि विपक्षी दलहरूले नियमापत्ति जनाएका छन्। नेकपाका प्रमुख सचेतक युवराज दुलालले नियमावली विपरीत भएको भन्दै प्रधानमन्त्रीलाई लिखित प्रश्न सोध्नुपर्ने अडान राखे।
Laxmi Bhattarai
Laxmi Bhattarai
31 May 2026, 1:33 pm १ मिनेट पढाइ
आकार:
Share:

प्रधानमन्त्री बालेन्द्र शाह पहिलोपटक प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तरका लागि रोष्ट्रममा उपस्थित भएका छन्। आइतबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई बोल्न समय दिएका थिए।

प्रधानमन्त्री शाहले रोष्ट्रममा गएर आफूलाई प्रश्न सोध्न सांसदहरूलाई आग्रह गरेपछि सभामुख अर्यालले एक दलका सांसदलाई दुई मिनेटको समय दिए। यस क्रममा सबै सांसदलाई बोल्न दिइएको थिएन।

सभामुख अर्यालले नियमावलीको प्रक्रियाबेगर नै प्रधानमन्त्रीकै आग्रहमा आकस्मिक प्रश्नोत्तरका लागि समय दिएको भन्दै विपक्षी दलहरूले नियमापत्ति जनाएका छन्। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभा नियमावलीको उल्लंघन भएको भन्दै प्रधानमन्त्रीलाई लिखित प्रश्न सोध्न पाउनुपर्ने अडान राखे। नेकपा एमालेका सचेतक ऐन महरले पनि यसमा आपत्ति जनाए।

कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बोल्न तयार हुनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार