मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म सदनमा प्रतिपक्षीको विरोध जारी

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले प्रधानमन्त्रीले सीमाका विषयमा दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेका छन्। एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरका अनुसार प्रधानमन्त्रीले संसदबाट देशवासीका नाममा माफी माग्नुपर्ने र संसदको रेकर्डबाट अभिव्यक्ति हटाउनुपर्ने बैठकको निष्कर्ष छ। करका दर हेरफेरबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरू एकमत भएका छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
प्रधानमन्त्रीको अभिव्यक्ति
Share:
२०६

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले प्रधानमन्त्रीले सीमाका विषयमा दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेका छन्। मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय लिएको हो।

बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर गर्दै तत्काल फिर्ता लिनुपर्ने अडान कायमै राखेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले संसदबाट देशवासीका नाममा सम्बोधन गरी माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने बैठकको निष्कर्ष रहेको जानकारी दिए।

विपक्षी दलहरूले सदन सञ्चालनका लागि सरकारबाट कुनै चासो र पहलकदमी नदेखिएको आरोप लगाएका छन्। यद्यपि, सदन खोल्नका लागि सत्तापक्षबाट विभिन्न प्रस्ताव आएकाले सर्वपक्षीय बैठक आयोजना गरेर आफ्ना कुरा राख्ने निर्णय पनि बैठकले गरेको छ।

विज्ञापन

यसैगरी, करका दर हेरफेरका विषयमा समेत विपक्षी दलहरूको गम्भीर ध्यानाकर्षण भएको छ। यस विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरू एकमत भएका छन्। बैठकमा श्रम संस्कृति पार्टी बाहेकका विपक्षी दलका सांसदहरूको उपस्थिति थियो।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार