NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्रीको सीमाबारेको अभिव्यक्तिको रास्वपाको धारणा माग

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विषयमा रास्वपाको धारणा मागेका छन्। राईले रास्वपा सभापति रवि लामिछानेलाई खुलापत्र लेख्दै यस्तो माग गरेका हुन्। प्रधानमन्त्रीले प्रतिनिधिसभामा नेपालले भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए।
Laxmi Bhattarai
Laxmi Bhattarai
13 June 2026, 2:17 pm १ मिनेट पढाइ
आकार:
प्रधानमन्त्रीको सीमा अभिव्यक्ति
Share:

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको जग्गा मिचेको अभिव्यक्ति दिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।

राईले शनिबार रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै खुलापत्र लेखेका हुन्। प्रधानमन्त्री शाहले प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उक्त अभिव्यक्ति दिएका थिए।

पत्रमा राईले लेखेका छन्, ‘मिति २०८३।२।१७ गते बसेको प्रतिनिधिसभाको बैठकमा तपाईंको पार्टी सदस्य तथा नेपाल सरकारको प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले सोधेका प्रश्नहरूको उत्तर दिने क्रममा ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुभएको सम्बन्धमा तपाईंको पार्टीको आधिकारिक धारणा के हो? सो सार्वजनिक गरिदिन यो खुलापत्र मार्फत अनुरोध छ।’

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार