रसुवामा आएको बाढीले हालसम्म १४०३ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार ६ हजार १५० जना अझै बेपत्ता छन्।
मृतकको विवरणमा ५४४ पुरुष, ३३६ महिला र ५२३ वटा आंशिक मानव अंग छन्। बाढीले विभिन्न जिल्लामा मानवीय क्षति पुर्याएको छ। चितवनमा ३९४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको ज्यान गएको छ। काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ।
हालसम्म १३ हजार ७४२ जनाको उद्धार गरिएको छ। १९ अस्पतालमा ३४४ जना उपचाररत छन्। २८९ जना उपचारपछि डिस्चार्ज भएका छन्। सुरक्षा निकायले ९ हजार ७०० जनालाई प्राथमिक उपचार सेवा दिएको छ।
१ हजार २८६ मृतक र १ हजार ८८९ आफन्तको डीएनए नमुना संकलन गरिएको छ। उद्धारमा नेपाली सेनामार्फत १ हजार ६०३ र सशस्त्र प्रहरी बलमार्फत ३२० हवाई उडान भएका छन्।
प्रभावित क्षेत्रमा २९ होल्डिङ सेन्टर सञ्चालनमा छन्। नुवाकोटमा १ हजार १८५, रसुवामा ८१७ र धादिङमा ९४ जना आश्रित छन्। होल्डिङ सेन्टरमा नबस्ने परिवारलाई सरकारले ६ महिनासम्म मासिक १५ हजार रुपैयाँ नगद राहत दिनेछ।
राहत सामग्री ढुवानी जारी छ। नुवाकोटको देवीघाटमा ‘एक्रो ब्रिज’ जडान गरी सडक सञ्चालनमा ल्याइएको छ। इन्धन र ५०२ थान ग्यास सिलिन्डर पठाइएको छ।
चिलिमे जलविद्युत् केन्द्रको सुरुङबाट चारवटा शव र एउटा मानव अंग फेला परेको छ। अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलभित्रबाट पनि पाँच जनाको शव भेटिएको छ।
