भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा १३४४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीको तथ्याङ्कअनुसार ४८९८ जना अझै बेपत्ता छन्।
फेला परेका शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका छन्। ५०१ शवका आंशिक अंग पहिचानविहीन छन्।
बेपत्ता हुनेमा २९३० नेपाली र ६१८ विदेशी छन्। प्रहरीलाई १३५० जना बेपत्ता भएको फोनमार्फत जानकारी आएको छ।
बाढीबाट ८६३१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ७३८७ नेपाली र १२४४ विदेशी छन्। ३६५५ जना विस्थापितलाई होल्डिङ सेन्टरमा राखिएको छ।
खोज तथा उद्धारमा ७२१२ प्रहरी परिचालन भएका छन्। ६५ प्रहरी बाढीबाट प्रभावित छन्। २५ प्रहरी सम्पर्कविहीन छन्।
१,०३० शव जमिनमा गाडिएका छन्। मृतकको पहिचानका लागि डीएनए संकलन तीव्र पारिएको छ। १,२६० मृतक र ९७२ आफन्तको डीएनए नमुना संकलन भएको छ।
